तनहुँ । तनहुँका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार पुष्टि भएका ४ मध्य २ जना व्यास नगरपालिकाका हुन भने २ जना शुक्लागण्डकी नगरपालिकाका हुन ।
व्यास नगरपालिका वडा नम्बर ३ का दुई जना पुरुष प्रहरी हुन । ३८ र ३१ वर्षका दुबैजना संक्रमित जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यारत प्रहरी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
केहिदिन अघि जिल्ला प्रहरी कार्यालय तनहुँका दुई जना (१ जना महिला र १ जना पुरुष) प्रहरीमा कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालय भित्र नै छुट्टै क्वारेन्टाइनमा बसेका दुई जना प्रहरीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
व्यास नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेर ५५ जनाको स्वाब पीसीआर परीक्षणका लागी पठाइएको थियो । दुई जनाको शुक्रबार पोजेटिभ रिपोर्ट आएको र बाँकीको भने रिपोर्ट नआएको प्रमुख सोतीले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, होम क्वारेन्टिनर क्वारेन्टिनमा बस्नेहरुको स्वाब संकलन गरेर परीक्षणका लागी पठाइएको सोतिले जानकारी दिए ।
त्यस्तै शुक्लागण्डकीको वडा नं १२ का २२ वर्षीय पुरुष र वडा नम्बर ५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । एक जना पुरुष भारतीय सेना र अर्का एकजना भारतबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बसेका व्यक्ति रहेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।
गत भदौ ८ गते शुक्लागण्डकी नगरपालिकाले ८९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागी पठाइएको प्रवक्ता कुमालले जानकारी दिए । उनले भने ‘अन्यको रिपोर्ट आइसकेको छैन ।’
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’