पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ३९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । जसमध्ये लमजुङ जिल्लामा मात्रै १४ दिनको नाबालकसहित २६ जनामा कोरोना पुष्टि भएको छ । प्रहरीको संख्या पनि थपिँदै छ भने पहिलो पटक महिला पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको बेसीसहर नगरपालिकाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिने नाबालक सहित २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । सोही अस्पतालमा उपचाररत नाबालक सहित ५ जना, अस्पताल मै कार्यरत १ जनालाई कोरोना पुष्टि भएको छ । उपचाररत २८ वर्षीय महिला पत्रकार हुन् । ग्लोबल आइएमई बैंकमा कार्यरत ५ जना कर्मचारी, तथा नेपाल प्रहरीका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।
यसैगरी, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बेसीसहर नगरपालिका वडा नम्बर ७ का ८ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
लमजुङमा ३ जना पत्रकारमा कोरोना लागिसकेको खुलेको छ । पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ, एक रेडियोमा कार्यरत पत्रकार र आज महिला पत्रकारमा कोरोना पुष्टि भएको हो ।
यस्तै, नवलपुर (ब.सु.पू) का १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको विनयत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ११ वर्षीया बालिका र २६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै, देवचुली १ का १ महिला तथा १ पुरुष सहित वडा नम्बर १६ का ३ महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १० का २५ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरमा दुई जनामा कोरोना पुष्टि भएको छ । पोखरा ६ का ४५ वर्षीय पुरुष र पोखरा – १३ की २४ वर्षीया महिलामा कोरोना देखिएको हो । पोखरा – ६ मा संक्रमण पुष्टि हुने व्यक्ति पर्यटन व्यवसायी रहेको र उनी पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । पोखरा १३ की महिला भने होम आइसोलेसनमा रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार २ सय ५ पुगेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान