आबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङदीमा खसेर सवारी बेपत्ता, खोजी गर्न गोताखोर टोली आउँदै

आबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङदीमा खसेर सवारी बेपत्ता, खोजी गर्न गोताखोर टोली आउँदै

FB_IMG_1599016480835

तनहुँ । तनहुँको आबुँखैरेनी नजिक मर्स्याङदी नदिमा एउटा सवारी साधन खसेको छ ।

आबुँखैरेनी-४ ऐनापहरा नजिक उक्त सवारी खसेको प्रहरीले जनाएको छ । नदिमा खसेको सवारी बेपत्ता रहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

पोखराबाट मुग्लिन तर्फ जाँदै गरेको उक्त सवारी मर्स्याङदी नदिमा बिहान खसेको प्रहरीको अनुमान छ ।

सवारी कुन हो भनेर एकिन नभएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ । तर घटनाको प्रक्रितीले ठुलो सवारी भन्ने देखिन्छ ।

उक्त सवारीको खोजी गर्न कुरिनटारबाट गोताखोर टोलि आउदै गरेको प्रहरीले जनाएको छ । पानीको वेग ठुलो र उक्त सवारी खसेको स्थानगहिरो रहेको प्रहरीले बताएको छ ।

तस्बिर : बादल थकाली

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ