तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रै आइसोलेसन बनाउने भएको छ ।
बुधबार आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित रहेको शिवमन्दिर संरक्षण समिति, मनकामना चोक टोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकबाट शिवालय मन्दिर नजिक रहेको भवनमा १२ बेडको आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।
विश्वभर द्रुतगतीमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) समाजमा नै फैलने क्रममा रहेको हुँदा आफ्नै पालिकामा आइसोलेसन बनाउन लागिएको अध्यक्ष थापाले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका बासीहरुलाई कोभिड–१९ पोजेटिभ देखिएता पनि अन्यत्र स्थान लैजानु भन्दा आफ्नै क्षेत्रमा राख्न सहज हुनुका साथै बिरामीहरु लाई पारिवारीक वातावरण महशुस हुने भएकोले आफ्नै आईसोलेसन कक्ष निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिए ।
आफ्नै आईसोलेसन कक्ष हुँदा कोरोना संक्रमित लाई तुरुन्तै आईसोलेसन कक्षमा लैजान सकिने र बिरामीले उपचार समेत छिट्टै प्राप्त गर्ने भएको हुँदा आईसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी सिखरलाल डोटेलले बताए ।
गाउँपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना निको भएर घर फर्किएका छन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषलाई अहिले जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतराको आइसोलेसनमा राखिएको सूचना अधिकारी सिखरलाल डोटेलले बताए ।
यस्तै, गाउँपालिकाको कोभिड-१९ राहत कोषमा १ करोड ३० लाख रुपैयाँ बजेट रहेको र सोही बजेटबाट आइसोलेसन कक्ष तथा व्यवस्थित क्वारेन्टिन तयार गरिने गाउँपालिकाले जनाएको छ ।
उक्त बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. ३ का अध्यक्ष, टोल सुधार समितिका अध्यक्ष, स्थानीय समाजसेवी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’