तनहुँ । तनहुँको आबुँखैरेनी नजिक मर्स्याङदी नदिमा खसेको सवारी साधन अझै भेटिएको छैन ।
आबुँखैरेनी-४ ऐनापहरा नजिक उक्त सवारी खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । अझै पनि नदिमा खसेको सवारी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको उक्त सवारी मर्स्याङदी नदिमा बुधबार बिहान खसेको प्रहरीको अनुमान छ ।
सवारी कुन हो भनेर एकिन नभएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्स्पेक्टर विकास थापाले जानकारी दिए । उनले भने ‘प्रारम्भिक घटना क्रमले ठुलो सवारी साधन भन्ने देखिन्छ ।’

सर्लाहीबाट एक जनाले आफ्नो डाईभरको मोबाइल अफ रहेको भनेर फोन गरेको तर अन्य कसैले पनि सम्पर्क नगरेको इस्पेक्टर थापाले जानकारी दिए ।
उक्त सवारीको खोजी गर्न कुरिनटारबाट ७ जनाको गोताखोर टोलि आएको थियो ।

पानीको वेग ठुलो र उक्त सवारी खसेको स्थान गहिरो रहेकाले गोताखोर टोलिले केहिपनि पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान पृथ्वी राजमार्गको आँबुखरेनी-मुग्लिन सडकखण्डको ऐना पहरा नजिक सडक छेउमा पेटी भत्किएको देखिए पछि सवारी खसेको आशंका गरेर खोजी गर्न थालिएको थियो ।
तस्बिर : बादल थकाली
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा