तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध कारोबार गर्ने ३ जना लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तनहुँको शक्लागण्डकी नगरपालिका वडा नं २ प्रगतिटोल बस्ने वर्ष २३ को आशिष श्रेष्ठ, व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने उमेर वर्ष २७ को सन्तोष राणा र व्यास नगरपालिका वडा नं १ भादगाउँ बस्ने वर्ष २१ को सन्तोष कार्की रहेको प्रहारीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं ७ सेरा स्थित व्यासमार्ग सडकमा एकै स्थानमा भेला जम्मा भएका आशिष श्रेष्ठ, सन्तोष राणा र सन्तोष कार्कीहरु संकास्पद हिडिरहेको अवस्थामा देखे पछि तिनै जना भाग्न प्रयास गरेकाले उनिहरुलाई तत्काल नियन्त्रणमा लिई तिनै जनाको शरिर खानतलासी लिंदा आशिष श्रेष्ठले लगाएको पाईन्टको गोजीमा प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा २ एमलको तरल पदार्थ सहितको डाइजेपामको एम्पुल थान १४, फेनेरेगनको एम्पुल १४ थान र नूफिनको एम्पुल १४ थान गरी जम्मा एम्पुल ४२ थान फेला परेको थियो ।
कानुनी रितपुर्वक बरामद गरी उक्त लागुऔषध कारोबारमा संलग्न तिन जनालाई नियन्त्रणमा लिई कानून बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’