गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ संक्रमित थपिएका छन् । पछिल्लोपटक अपरान्ह ३ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रो विज्ञप्ती अनुसार गोरखामा ६ जना संक्रमित थपिएका छन् । यसअघि आजै प्रदेशभर ८३ संक्रमित भेटिएका थिए । कोरोना संक्रमितको संख्या २४०३ पुगेको छ ।

आज जारी गरेको दोस्रो विज्ञप्ती अनुसार पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखराको वडा नम्बर ५ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नवलपरासीका (ब.सु.पू) का २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा अन्य प्रदेशमा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका २४ जनालाई एकैपटकमा पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित हुनेमा जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती, देवचुली तथा विनयत्रिवेणीका रहेका छन् ।
यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ९ महिला र ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । जिल्लाको अजिरकोट गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ ।
यसैगरी, मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको भीरकोट नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन ।

त्यसअघि, शुक्रबार पोखरामा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ८ वडाका १६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आयो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा १२ का २८ वर्षीया महिला, पोखरा १० का २३, २४ र २६ वर्षका पुरुष, पोखरा २७ का १८ र ४७ वर्षका पुरुष, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा ५ का ५० वर्षीय पुरुष, पोखरा ३० का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने पोखरा १५ मा नेपाल प्रहरीमा कार्यरत २६, ३१, २८, २९, २६, २९ र २७ वर्षका गरी ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले पुष्टि गरेको छ ।
पोखरामा आज संक्रमण पुष्टि भएका मध्ये दुई जना महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यस बाहेक बिहान नै नै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँका २, लमजुङका ३, स्याङ्गजाका १ र नवलपुरका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’