पोखरा ।
चलचित्र पत्रकार संघ कास्कीको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलत भएको छ । सोमबार पोखरामा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो । संघका अध्यक्ष अरुण गिरीले रगत दिएर कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रमको विषयमा जानकारी गराउँदै अध्यक्ष गिरीले चलचित्र पत्रकार संघ कास्कीले कोरोना महामारीका कारण कास्कीमा देखा परेको रक्तअभावलाई परिपूर्ती गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने,‘हामी चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रम सहित केही मानविय सेवामूलक कार्यक्रम गर्न चाहन्थ्यौं । त्यो समय आज जुर्यो । प्रतिकुल मौसममा पनि रक्तदाताहरुको उत्साहजनक सहभागिता रहयो । सबैलाई धन्यवाद । अब यो हाम्रो नियमित कार्यक्रम हुनेछ ।’
क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले मनोरञ्जनका कार्यक्रम गर्ने संस्थाले यसरी मानविय सेवामा समर्पित भएको देख्दा खुशी लागेको बताए । ‘रक्तदान जीवनदान हो, हरेक तीन महिनामा रगत दिन मिल्छ । रक्तदान गर्नु भनेको आफू स्वस्थ रहनु पनि हो । त्यसैले रक्तदान कार्यक्रममा सरिक भएर रक्तदान गर्दा मन आनन्द त हुन्छ नै पूण्य लाभ समेत हुन्छ ।’, उनले भने । ज्ञवालीका अनुसार कास्कीमा केही समय अगाडि रगतको अभाव भएपनि अहिले कुनै समस्या छैन । हरेक दिन जसो रक्तदान कार्यक्रम भएकाले रगतको पूर्ति गर्न सहज भएको उनको भनाई थियो । कास्की सँगै काठमाडौं र चितवनमा समेत रगत पठाउने गरिएको ज्ञवालीले जानकारी गराए ।

चलचित्र पत्रकार संघ कास्कीका निर्वतमान अध्यक्ष रेम विकले संघको पछिल्लो गतिविधि प्रशंसनिय रहेको उल्लेख गरे । महामारीका समयमा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै सामाजिक सेवामा तल्लिन हुनुले संस्थाको समाजप्रतिको दायित्वलाई दर्शाइएको उनको बुझाई थियो ।
चलचित्र निर्देशक घनश्याम लामिछानेले विषम परिस्थितिमा कति संस्था थन्किएर बस्दा चलचित्र पत्रकार संघ कास्की भने केही न केही गतिविधिमा अग्रसर भएको देख्दा खुशी लागेको बताए । उनले भने,‘कोरोना कहरको समयमा पनि यसरी संस्थागत क्रियाकलाप गरिनुले समाजमा संस्थाको राम्रो छाप बस्छ । संघको पछिल्लो सक्रियता देख्दा खुशी लागेको छ ।’
कार्यक्रममा चलचित्र क्षेत्रमा आबद्ध रहेका कलाकार, पत्रकार लगायतको उपस्थिति थियो । क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सचिव प्रभु अधिकारीले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’