हरि बास्तोला (पोखरा) – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक बन्नुपर्ने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा आज यहाँ आयोजित विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले जनप्रतिनिधिहरु चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुटनु पर्ने आवश्यकता औल्याए ।
खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि प्रदेश सरकारले दुई बर्ष भित्र प्रत्येक घरमा धारा पु¥याउने लक्ष्यका साथ एक घर एक धारा अभियान सञ्चालन गरेको जानकारी दिए ।मुलुकको विकास निर्माण एवम् जनताका आधारभूत आवश्यकता पुरा गर्न तीन वटै सरकार प्रतिवद्ध भएर अघि बढेको बताउँदै अध्यक्ष थापाले म्यूनियममार्गको खानेपानी सुधारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत दश लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
थापाले म्यूजियममार्ग क्षेत्रमा क्रियापुत्री भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने बचनवद्धता व्यक्त गर्दै आवश्यक प्रकृया मिलाएर आउन टोल सुधार समितिलाई आग्रह गरे।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले पोखरा १७ का जनताको खानेपानी सुविधाका लागि तीनै तहका सरकारको सहयोग रहेको उल्लेख गर्दै आगामी एक बर्ष भित्र पोखरामा खानेपानीको सुविधा पुग्ने विश्वास व्यक्त गरे ।
नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना र नेपाली कांग्रेसका नेता नारायण श्रेष्ठले विकास निर्माणमा राजनैतिक भन्दा माथि उठेर जनताको सेवामा जुटनुको विकल्प नभएकोमा चर्चा गरे ।
टोल सुधार समितिका अध्यक्ष हरि बास्तोलाले २०५२ सालमा विस्तार गएको दुई इन्चीको पाईपबाट ६९ धारा जडान भएको जानकारी दिंदै सो मार्गमा चार इञ्चीको पाईप विस्तार गरिने बताए ।
लामो समयदेखि खानेपानीबाट बञ्चित यस क्षेत्रका वासिन्दाले मार्गको पूर्व र पश्चिमतर्फ ६ – ६ इञ्चिको पाईप विस्तार भई सकेको हुँदा आगामी दिनमा खानेपानीको सुविधा पुग्ने विश्वास समितिका सचिव भगवान श्रेष्ठको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो