काठमाडौं उपत्यका प्रवेश गर्ने वा काठमाडौँबाट बाहिरिने व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने बताए।
यस्तै, विदेशबाट आउनेहरूले समेत क्वारेन्टिनमा बस्नुपर्ने भन्दै क्वारेन्टिनमा बस्दा लक्षण नदेखिएको अवस्थामा परीक्षण गर्न नपर्ने डा. गौतमले बताए। डा. गौतमका अनुसार यो नियम काठमाडौं प्रवेश गर्ने र बाहिरी जिल्ला जानेहरूको हकमा समेत लागू हुने छ।
काठमाडौं बाहिर जान गन्तव्य जिल्लाको अनुमति र काठमाडौँ आउन पिसिआर नेगेटिभ अनिवार्य
काठमाडौं बाहिर जान गन्तव्य जिल्लाको जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र र गन्तव्यको स्थानीय निकायको सिफारिस पत्र पनि अनिवार्य गरिएको छ। निषेधाज्ञा खुकुलो बनाइएको भोलिपल्ट बिहीबार काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गर्दै काठमाडौं बाहिर जानेका लागि निवेदनसँगै ती कागजपत्र पेश गर्न भनिएको छ।
काठमाडौं जिल्ला प्रशासन प्रमुख जनकराज दाहालले सवारी साधन खुला गरेसँगै बाहिर जानेको लागि सहजीकरण गर्न त्यस्तो सूचना जारी गरिएको बताए। उनले काठमाडौं प्रवेश गर्नका लागि पिसिआर परीक्षण गरि नेगेटिभ आएको रिपोर्ट पेश गर्नु अनिवार्य गरिएको यसअघिको व्यवस्थालाई कायम गरिएको बताए।उनले अत्यावश्यक काम भएकालाई मात्र त्यसरी प्रवेश गर्न दिइने बताए।
जनस्तरमा बिरोध
सरकारले हचुवाको भरमा यो नियम लागू गरेको भन्दै जनस्तरमा बिरोध सुरु भएको छ । मान्छेहरु काठमाण्डौ घर भएका वा काठमाण्डौमा सधैं बस्नका लागि मात्र काठमाण्डौ जाँदैनन् । उनीहरु १÷२ दिनमा महत्वपूर्ण काम गर्न पनि गएका हुन्छन् । २ दिनका लागि काठमाण्डौ जाने मान्छे १४ दिन क्वारेन्टिन बस्नुपर्ने ? यो कस्तो नियम ? भनेर सामाजिक सञ्जालमा प्रतिक्रियाहरु दिइरहेका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने