गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार थप ५ जिल्लाका ४८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि, बिहाना गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।
पोखरामा फेरि थपिए १० संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १७ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।
पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी पर्वत कुश्मामा २३ र ६८ वर्षका २ पुरुष तथा लमजुङ बेसीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी महिला, लमजुङ बेसिसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

तनहुँका १० तथा नवलपरासी (ब.सु.पू) का थप २१ तथा जनालाई कोरोना भाइरस संक्रमण पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकामा ५ जना सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नगरपालिकाको वडा नम्बर १ का १ महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यी बाहेक सोही नगरपालिकाका अन्य संक्रमितहरुमा वडा नम्बर ६ का २ पुरुष सहित १ महिला रहेकी छिन् ।
नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ५, ८ र १६ का १/१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लाको विनयत्रिवेणी ३ का ६ जना पुरुष, ४ का ५ पुरुष सहित ६ महिला तथा वडा नम्बर ५ का १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो