तनहुँ । तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका पाँच जना प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका–६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब सङ्कलन गरिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
भानु नगरपालिकाका कोरोना संक्रमित सशस्त्र प्रहरी चितवनको भण्डारास्थित नम्बर ३ बाहिनी बाट सरुवा भएर आएका खुलेको हुन् ।
उनीहरु भानुको मनकामना गणमा सरुवा भएर आए पछि गणले गत भाद्र २३ गते उनीहरुको पीसीआर परीक्षण गराएको थियो ।
शुक्रबार बिहान जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
तनहुँमा कोरोनाको अवस्था
तनहुँमा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
त्यस्तै ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सम्बन्धित खबर
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला