पोखरा, २९ माघ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एमबिबिएस पढ्दै गरेकी २१ बर्षीया दीपना उप्रेतीको पदयात्राबाट फर्किने क्रममा खोँचमा खस्न पुगी मृत्यु भएको छ।
बिहीबार ६ जना साथीहरुसहित कास्कीको मर्दी हिमाल क्षेत्रमा पदयात्रामा गएकी दीपना फर्कने क्रममा माछापुच्छ्रे गाउँपालिकाको वडा नंं ९ देउराली हाइक्याम्पस्थित खोँचमा खसेर वेपत्ता भएकी थिइन्। बाटोबाट करीब १ सय ५० मिटर तल खस्न पुगेकी उनको शव वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक दुर्गा श्रेष्ठको नेतृत्वमा प्रहरी, स्थानीयको सहयोगमा आइतबार बिहान निकालिएको थियो।
साथीहरुसँग हिँडिरहेकी दिपना बाटो भिराएर बेपत्ता भएकी थिइन्। साथीहरुलाई आफूले बाटो बिराएको जानकारी गराएको केही समयमा उनी वेपत्ता भएकी थिइन्। साथीहरुले घटना लगत्तै धम्पुस प्रहरीलाई जानकारी गराएका थिए। रातको समय र निकै अप्ठ्यारो खोँचमा बेपत्ता भएकाले तत्काल उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।
काठमाडौं महानगरपालिका–३ बसुन्धराकी स्थायी बासिन्दा दीपना एमबीबीएस चौथो वर्षकी विद्यार्थी हुन्। उनको शवलाई आइतबार आफन्तले बुझेर काठमाडौँ लगिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै