गण्डकीमा थप १ को कोरोनाबाट मृत्यु, मृत्यु संख्या २९ पुग्यो

गण्डकीमा थप १ को कोरोनाबाट मृत्यु, मृत्यु संख्या २९ पुग्यो

corona death

File Photo.

गण्डकी प्रदेशमा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट पछिल्लो पटक प्रदेशमा ज्यान गुमाउनेमा नवलपरासी (ब.सु.पू) को गैंडाकोट ९ की ६२ वर्षीय महिला हुन् । उनको उपचारका क्रममा चितवनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ती वृद्धामा निमोनिया, मधुमेह र उच्च रक्तचाप थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १ र १ जना छन् ।

गण्डकीमा संक्रमितको संख्या ३ हजार २० छ । तीमध्ये १८ सय ७८ जना निको भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ