तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ३५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । आइतबार विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेकाहरुलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेका पक्राउ गर्ने अभियान अन्तर्गत तनहुँ प्रहरीले उनिहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक युवारज तिमिल्सिनाले जानकारी दिए ।
पक्राउ पर्नेमा ठगी, बहुविवाह, नागरिकता किर्ते, वन, सार्वजनिक अपराध तथा देवानी मुद्दाका प्रतिवादी रहेका छन् ।
अदालतबाट फैसला भई दुइसय देखि दुइ लाख रुपैयाँसम्म जरीवाना सजाय तोकिएका र तोकिएको जरीवाना भुक्तान नगरी हालसम्म फरार रहेका विभिन्न ठाउँका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयबाट पक्राउ गरिएकाहरुबाट चार लाख १६ हजार ३२५ रुपैयाँ भुक्तानका लागि जिल्ला अदालत तनहुँ उपस्थित गराइएको छ ।
बहुविवाह मुद्दाका प्रतिवादी कारागार चलान
यस्तै, बहुविवाह मुद्दामा अदालतबाट एक वर्ष तीन महिना कैद तोकिएका एक प्रतिवादी कारागार चलान भएका छन् ।
तनहुँको भानु नगरपालिका-११ का २८ वर्षीय बाबुराम आलेलाई जिल्ला अदालत तनहुँले आइतबार कैद भुक्तानका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बहुविवाह मुद्दामा आले विरुद्ध जिल्ला अदालतले वि.सं. २०७३ मंसिर १५ गते एक वर्ष ३ महिना कैद र पाँच हजार रुपैयाँ जरीवानाको फैसला सुनाएकोमा तोकिएको कैद मध्ये १ वर्ष २ महिना ३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही लुकिछिपी बस्दै आएका उनलाई आइतबार सम्बन्धित घरवतनबाटै पत्राउ गरिएको प्रहरीले जनाएको छ ।
लागु औषध गाँजा सहित पक्राउ
तनहुँ प्रहरीले लागु औषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा-२६ बुडिबजार बस्ने वर्ष २८ का सुमन सुनार, धादिङ त्रिपुरासुन्दरी-१ स्थायी वतन भई पोखरा-२९ भण्डारढिक बस्ने वर्ष २१ का राठोर भन्ने बिक्री गिरीलाई पक्राउ गरेको हो ।
गत शुक्तबार साँझ ती युवाहरुलाई तनहुँको आँबुखैरनी-४ पुलजिप स्थित राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले मुगलिनबाट आँबुखैरनी तर्फ आउदै गरेको ग४प ७०५९ नं. मोटरसाइकल सुमनलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेकाले बोकेको प्लाष्टिक झोलामा ५ वटा पोका बनाई लुकाई छिपाई ओसार पसार गर्दै गरेको अवस्थामा ४ किलो ७५ ग्राम अबैध लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी गराएका छन् ।
पक्राउ परेका दुबै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’