तनहुँ । तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ । स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले ‘हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै’ उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो ।
स्थानीय युवाहरू, विदेशमा रहेका लगायत अन्य सहयोगी दाताहरुबाट सहयोग जुटाउदै फुड बैंकको सुरुवात गरिएको युनिटी ग्रुपका संयोजक विक्रम गुरुङले बताए ।
कोभिड १९ का कारण लामो समयदेखि रोजगारी गुमाएका व्यक्तिहरू अपाङ्ग, अशक्त वृद्धवृद्धा व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यका साथ फुड बैंकको अवधारणा अगाडि सारेको गुरुङले बताए ।

फुड बैंकले प्रति व्यक्ति सहयोगको रूपमा चामल साढे ४ केजी ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने संयोजक गुरुङले बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आज एक कार्यक्रमकाबीच उक्त फूड बैंकको शुभरम्भ गरेका थिए ।
सो अवसरमा अध्यक्ष थापाले युवाहरूको समूहले फुड बैंकको स्थापना गरेकोमा खुसी हुँदै प्रक्रियागत ढंगले अगाडी बढे गाउँपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अब संसार परिवर्तन विचारले मात्र होइन दिमागले गर्नुपर्ने र सम्पूर्ण युवाले यस्तै रचनात्मक काम तिर अगाडि बढ्दै सरकार र देशलाई नै राम्रो सन्देश दिनुपर्ने अध्यक्ष थापाले बताए ।
उनले भने ‘कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउने उपायहरुको पालना सबैले गर्नुपर्छ ।’

कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ, डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी लगाएतले उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’