रञ्जन अधिकारी पोखरा, १ फागुन / कास्कीको मादी गाउँपालिका वडा नं. ५ बयरघारी बस्ने एक बहादुर विकले आफ्नी श्रीमती गौमाया विकलाई चिर्पटले टाउकोमा हानेर हत्या गरेका छन् ।
सोमबार राती विकले श्रीमतीलाई चिरपाटे दाउराले टाउकोमा प्रहार गरेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय, हंसपुर डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डक न्युजलाई जानकारी दिए ।
श्रीमान-श्रीमती नै रक्सी खाएर प्रायः झगडा गर्ने गरेको अनुसन्धानमा खुलेको छ । ४१ वर्षीय एकबहादुर र ४५ वर्षीया गौमायाका तीन छोरा, एक छोरी छन् । घरमा एकबहादुरका आमा समेत थिईन् । सधैंजसो झगडा पर्ने भएकाले वास्ता नगरेको बताईन्छ ।
बेलुकी ८ बजेदेखि नै रक्सी खाएपछि उनीहरुबीच भनाभन हुन सुरु भएको थियो । राति ११ बजेतिर दाउराले देब्रे आँखाभन्दा माथिल्लो भागमा प्रहार गर्दा गौमाया ढलिन् । त्यसपछि एकबहादुर भागे । बिहान उठेर हेर्दा मात्र परिवारले गौमाया मरिसकेको थाहा पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे ।
प्रहरीले बहिनीको घरमा लुकेर बसेको अवस्थामा एकबहादुरलाई पोखराको रामबजारबाट पक्राउ गरे । उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाईयो । एकबहादुरले ‘मार्छु भनेर नहानेको तर मरिहाल्यो’ भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार