पोखरा, १ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा न ६ शिबमन्दिर परिसर गौरीघाटमा निर्मित पार्कको मंगलबार उद्घाटन गरिएको छ।
पार्कको प्रतिनिधिसभासभा सदस्य रबिन्द्र अधिकारी र प्रदेशसभाका सदस्य राजिब पाहारीले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै सांसद अधिकारीले पर्यटकीय क्षेत्र लेकसाइड अब सफा र आकर्षक मात्रै नभई संसारकै उत्कृष्ठ गन्तब्य बनाउन लागि पर्ने भन्दै यो क्षेत्रकै पर्यटकीय गहना फेवातालको संरक्षणका निम्ति विशेष कार्यक्रम बनिसकेको बताए।
नयाँ सरकारको गठनसंगै अब बन्ने सरकार बिशेष कार्ययोजनासहित अघि बढ्ने जानकारी दिए। भर्खरै पोखरा लेखनाथ महानगरसंगको सहकार्यमा निर्वाचान क्षेत्र विशेष पूर्वाधार बिकास कार्यक्रममार्फत ताल सफा गर्ने मेसिन आएको र त्यसले कार्य शुरु गरिसकेको बताए। फेवातालको माटो फाल्ने बिषय दिर्घकालीन रुपमा अघि बढाउनुपर्ने भन्दै क्षणिक रुपमा पटक पटक काम गर्नु नपर्ने गरी कार्यक्रम बनाइने उनले बताए।

त्यस्तै, प्रदेश न ४ का प्रदेशसभा सांसद राजिब पहारीले कुनैपनि बहानामा अब तालको संरक्षण र संबद्र्धनविरुद्ध आउने षडयन्त्रलाई परास्त गर्ने भन्दै जनताको साथमा अब लेकसाइडलाई प्रबिधियुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाए। कार्यक्रममा नागरिक समाजका अगुवा बिष्णुहरि अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा पोखरा लेखनाथ महानगर वडा न ६ का अध्यक्ष भरतबहादुर पहारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
सो निर्माणकार्य सम्पन्न गर्न ४ लाख ९ हजार खर्च भएको थियो। जसमा सांसद अधिकारीको निर्बाचन क्षेत्र बिकास कार्यक्रमबाट १ लाख र बाँकी स्थानीय सहभागिताबाट जुटाइएको आयोजकले जानकारी दिएको छ।
शिबमन्दिरपार्क निर्माण समितिका अध्यक्ष लभ भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीघाट बाताबरण तथा समाज सुधार समितिका अध्यक्ष कुश भुजेलले स्वागत र निर्माण समितिका सचिब कृष्ण पहारीले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु