पोखरा, १ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा न ६ शिबमन्दिर परिसर गौरीघाटमा निर्मित पार्कको मंगलबार उद्घाटन गरिएको छ।
पार्कको प्रतिनिधिसभासभा सदस्य रबिन्द्र अधिकारी र प्रदेशसभाका सदस्य राजिब पाहारीले उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै सांसद अधिकारीले पर्यटकीय क्षेत्र लेकसाइड अब सफा र आकर्षक मात्रै नभई संसारकै उत्कृष्ठ गन्तब्य बनाउन लागि पर्ने भन्दै यो क्षेत्रकै पर्यटकीय गहना फेवातालको संरक्षणका निम्ति विशेष कार्यक्रम बनिसकेको बताए।
नयाँ सरकारको गठनसंगै अब बन्ने सरकार बिशेष कार्ययोजनासहित अघि बढ्ने जानकारी दिए। भर्खरै पोखरा लेखनाथ महानगरसंगको सहकार्यमा निर्वाचान क्षेत्र विशेष पूर्वाधार बिकास कार्यक्रममार्फत ताल सफा गर्ने मेसिन आएको र त्यसले कार्य शुरु गरिसकेको बताए। फेवातालको माटो फाल्ने बिषय दिर्घकालीन रुपमा अघि बढाउनुपर्ने भन्दै क्षणिक रुपमा पटक पटक काम गर्नु नपर्ने गरी कार्यक्रम बनाइने उनले बताए।

त्यस्तै, प्रदेश न ४ का प्रदेशसभा सांसद राजिब पहारीले कुनैपनि बहानामा अब तालको संरक्षण र संबद्र्धनविरुद्ध आउने षडयन्त्रलाई परास्त गर्ने भन्दै जनताको साथमा अब लेकसाइडलाई प्रबिधियुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाए। कार्यक्रममा नागरिक समाजका अगुवा बिष्णुहरि अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा पोखरा लेखनाथ महानगर वडा न ६ का अध्यक्ष भरतबहादुर पहारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
सो निर्माणकार्य सम्पन्न गर्न ४ लाख ९ हजार खर्च भएको थियो। जसमा सांसद अधिकारीको निर्बाचन क्षेत्र बिकास कार्यक्रमबाट १ लाख र बाँकी स्थानीय सहभागिताबाट जुटाइएको आयोजकले जानकारी दिएको छ।
शिबमन्दिरपार्क निर्माण समितिका अध्यक्ष लभ भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीघाट बाताबरण तथा समाज सुधार समितिका अध्यक्ष कुश भुजेलले स्वागत र निर्माण समितिका सचिब कृष्ण पहारीले कार्यक्रम संचालन गरेका थिए।

सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ