पोखरा, १ फागुन / यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का लागि पोखरामा भारतबाट आधा करोड रुपैंया बराबरको रातो गुलाफ आयात भएको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको तुलनामा यसवर्ष १५ प्रतिशतले माग बढेकाले केही थप आयात गर्न लागिएको हो ।
यस वर्ष पोखरामा ५० हजार स्टिकको हाराहारीमा रातो गुलाब आयात हुने । पोखरामा दैनिक ७ हजार गुलाफको बजारमा माग रहेको छ । त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।
गत वर्षको प्रणय दिवसमा ३० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ । यस वर्ष २० हजार गुलाफ बढी आयात गर्न लागिएको हो । गत वर्ष उपभोक्ताले रु ५० देखि ६० तिरेका भए पनि भारतमा नै फूलको मूल्यमा वृद्धि भएकाले यसवर्ष प्रति स्टिक १ सय रुपैँया पर्ने द्धाको भनाइ छ । द्वाले भने, ‘जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो ।’
हाल काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ । हरेक वर्ष फेब्रुअरी १४ मा यो पर्व मनाउने भएपनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्दछ । तर कास्कीमा भने व्यवसायीक रुपमा गुलाफको खेती नगरिने हुदाँ बाहिर भर पर्नुपर्ने बाध्यता रहेको द्धाले बताए ।
प्रणय दिवसमा गुलाफको खरिद बिक्री बढी हुने भएकोले यहीँ व्यवसायीक रुपमा गुलाफको फुल लगाउन द्धाले कृषकलाई आग्रह गरेका छन् । त्यसको लागि आवश्यक पर्ने तालिम, जानकारी र सहयोग गर्न तयार रहेको उनले बताए । बाहिरबाट फुल मगाउन भन्दा स्थानिय उत्पादित फुल बिक्री वितरण गर्न सकेमा स्थानिय पैँसा नबाहिरिने उनको बुझाई छ ।
प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर बनिसकेको छ । अष्टे«लिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यात समेत हुने गरेको छ । नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फष्टाउँदो छ ।
फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङ लगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

– उमा आले मगर / जक्सन डटकम
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?