पोखरा – गण्डकीमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको हो ।
बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्गजाका पालिका नखुलेको ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँको देवघाट गाउँपालिका वडा नं ५ का २७ र ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, नवलपुरको ३ जना पालिका नखुलेको ४ वर्षीय वालक, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैंडाकोट नगरपालिका २, १ र ६ का क्रमश: ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष र २७ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै जिल्लाकै कावासोती नगरपालिका ८ का २१ वर्षीय पुरुष र देवचुली नगरपालिका १२ का २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैजना परीक्षण गरिएको अस्पतालकै आइसोलेसनमा बसेका छन् । यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२९१ पुगेको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु