रञ्जन अधिकारी पोखरा, १ फागुन / अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरी वडा नं. ३ मा एउटा पनि खेलमैदान थिएन । पाउँदुर सहित मास्तोक, डहरमुनी, रानीथोक, ढुंगामुन, मुलाथरे, काउले, पुरानो मैदानका युवाहरुलाई खेल्ने मैदानको अभाव थियो । अब पाउँदुरमा भिरालो जमिन सम्याएर ठूलो खेलमैदान बनिरहेको छ ।
स्थानीय लक्ष्मी प्राथमिक विद्यालय परिसरमै बनिरहेको उक्त मैदानबाट विद्यार्थी समेत लाभान्वित हुनेछन् । स्थानीय समाजसुधार युवा परिवारको सक्रियता तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेल र कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको पहलमा खेल मैदान निर्माण सुरु भएको हो । क्षेत्रमा खेलकुद विभागको नेतृत्व लिईरहँदा खेल्नकै लागि आफ्नै गाउँमा मैदान बनाउँदा सबैभन्दा खुशी अध्यक्ष पौडेल नै छन् ।

मैदान निर्माणका लागि धमाधम काम भईरहेको छ । अहिले जग्गा सम्याउने काम चलिरहेको छ । १५ दिनभित्रै जग्गा सम्याएर दुबो लगाउने काम, तारजाली लगाउने काम सुरु हुने पौडेलले बताए । १३ रोपनी क्षेत्रफलमा रहेको भिरालो जमिनलाई सम्याउन १३ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
मैदान निर्माणका लागि निर्माण व्यवसायी संघ, नेपाल डोजर एसोसियन, लगायत सहयोगीसँग डोजर तथा एक्साभेटर उपलब्ध गराई सहयोग गरेको छ । जमिन सम्याईसकेपछि सपोर्टका लागि ग्याभिन जालीको प्रयोग समेत गरिने उनले जानकारी दिए । यसका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कास्कीले सहयोग गर्ने उनले बताए ।
उक्त क्षेत्रमै अहिलेसम्म कुनै पनि खेल मैदान नभएको अवस्थामा अब मैदान निर्माणपछि स्थानीय बालबालिका तथा यूवाहरुका लागि विभिन्न प्रतियोगिता सञ्चालनका लागि सहयोग पुग्ने समाजसुधार यूवा क्लबका संस्थापक अध्यक्ष अध्यक्ष इन्द्र पौडेलले बताए । वर्तमान अध्यक्ष ओमप्रसाद पौडेलसँगै स्थानीयले श्रमदान गरिरहेका छन् । जाली लगाएर सम्याईसकेपछि दुबो लगाउने काम हुनेछ ।

८५ मिटर लम्बाई र ४१ मिटर चौडाई रहने उक्त मैदानमा फुटबल र भलिबल समेत खेल्न मिल्ने अध्यक्ष पौडेलले बताए । प्राविधिक सहयोग सबै क्षेत्रीय खेलकुद विकास समितिको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भईसकेको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ