पोखरा – शनिबार गण्डकीका थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमितहरु नवलपुर, पर्वत, स्याङ्गजा र लमजुङका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ६ का ४० र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका ४ का ३५ र ५६ वर्षका पुरुष, र ३३ वर्षीया महिला, हुप्सेकोट ३ का ४५, २४ र ५८ वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिला र हुप्सेकोट ५ का ३७ वर्षीया महिलाको को परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यता पर्वतको कुश्मा नगरपालिका १ का ५७ वर्षीया महिला र वडा नखुलेका एक ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै स्याङ्गजा फेदीखोला गाउँपालिका वडा नखुलेका २१ वर्षीय युवकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने, लमजुङ मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएका मध्ये पर्वत कुश्माका ३५ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् । नवलपुर हुप्सेकोट ५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ३३५१ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु