पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका ४ जना, तनहुँका १७ जना, बाग्लुङका १४ जना, स्याङजाका २ जना र गोरखाका एक जना रहेका छन् ।
बाग्लुङ जिल्ला, ढोरपाटन-१ का ब्यक्तिहरु नेपाल बैंक लि, हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन न.पा. कार्यालय, बुर्तिबाङ प्रा.स्वा.के।, धौलागिरी होटेल, साईला होटेल, सिटी क्लिनिकमा कार्यरत हुन् । बाग्लुङ जिल्ला, ढोरपाटन – ४ का ३१ बर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक-६ का ३३ बर्षीय पुरुष गरि २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।
अन्य संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।गण्डकी प्रदेशमा अहिलेसम्म ३४७८ जना संक्रमित भएका छन् भने अहिलेसम्म २११३ जना निको भएका छन् ।
त्यस्तै प्रदेशमा निको हुने दर ६०.७५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १३ सय ३३ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलासिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शून्यमा झार्ने लक्ष्य पूरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग