पोखराको अग्रणी शैक्षिक परामर्शदातृ संस्था मिराकल ईन्स्टिच्युटले मंगलबार सेप्टेम्बर २२ देखि अक्टोबर १६ सम्म भर्चुअल शैक्षिक फेयर आयोजना गर्ने भएको छ । मिराकलले विगत १० वर्ष देखि विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई मध्येनजर गरी शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ ।
विश्वभर फैलिएको कोविड – १९ का कारण गत वर्ष चैत्र ११ गतेदेखि देशैभरी गरिएको लकडाउनका कारण झन्डै ७ महिना परामर्श सेवा ठप्प रहेको अवस्थामा उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्य खोजिरहेका विद्यार्थीहरुका लागि सही सूचना दिने उद्देश्यले तीन साता लामो उक्त फेयरको आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक कुलराज बरालले बताए । उनका अनुसार एक दिनमा एउटा विश्वविद्यालयको सहभाागिता रहने छ । फेयरमा अमेरिका, क्यानडा र यूकेका करिब २५ विश्वविद्यालय सहभागी हुने छ ।
फेयरमा सहभागी हुनका लागि प्रि रजिष्ट्रेशन अनिवार्य गरिएको र रजिस्ट्रड विद्यार्थीलाई दैनिक ईमेल मार्फत जुम लिन्क पठाईने छ । उक्त लिन्कको माध्यमबाट विद्यार्थीले प्रत्येक सेसनमा सहभागी हुन पाउनेछन् भने अमेरिका, क्यानडा र यूकेको लागि अलग अलग रजिष्टे«शन फर्म रहेकाले विद्यार्थीले आफुले चाहेको देशको लागि आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।
हालसालै अद्यावधिक गरी विद्यार्थीमैत्री बनाइएको युकेको टिएर फोर भिसा नीति, क्यानडामा अध्ययन पश्चात् अन्तर्राष्ट्रिय विद्यार्थीहरुले प्राप्त गर्न सक्ने अवसर तथा अमेरिकन विश्वविद्यालयहरुले प्रदान गर्ने छात्रवृति लगायतका बिषयमा विश्वविद्यालय प्रतिनिधिहरुसँग प्रत्यक्ष अन्तक्र्रिया गर्न सकिने भएकोले विद्यार्थी सँगसँगै अभिभावकहरुलाई पनि सहभागी हुन आग्रह गरिएको छ ।
हरेक साँझ ५ बजदेखि कार्यक्रम सञ्चालन हुने भएकोले सबै विश्वविद्यालयको जानकारी लिई आफुलाई उपयुक्त हुने विश्वविद्यालय रोज्न फेयरका सहजकर्ता एवं संस्थाका परामर्शदाता खिम बहादुर खड्काले सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो