चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा पोखराको पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शन भएको छ । सत्याग्राही डा.गोबिन्द केसी अनसन बसेको हप्तादिन कटिसक्दा समेत उनको मागको सुनुवाई भएको छैन ।
उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित “जागौ पोखरा” अभियानले सार्बजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्यापटर सङ सहकार्य गर्दै हिजो तेश्रो दिन पृथ्वीचोकमा अवस्थित पोखरा मल अगाडि फुट ट्याकमा, बिहान ११ देखि १२ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रम सप्पन्न गरेको छ ।
सत्याग्राही केसिलाई जुम्ला बाट काठमाडौं ल्याउने क्रममा एम्बुलेन्स भित्र प्रहरीले गरेको दुरब्यवहार र ८ दिन सम्म सरकारले केसिको अनशन सम्बोधन नगर्नु दु:खद भएको हुदा, डा.केसिको समर्थनमा अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको “जागौ पोखरा” अभियानका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।
बरालले भाबी कार्यक्रमको तयारी स्वरुप केहि दिन धर्ना कार्यक्रम स्थगित गर्दै, पोखरामा रहेका अन्य सघ सस्था, नागरिक समाज, मानव अधिकारबादी तथा डा. केसिको साथमा रहेका राजनीति दलका नेताहरु सङ छलफल भैरहेको र छिटै कार्यक्रम घोषणा गर्ने बताएका छन ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’