काठमाडौ । नेपाल युवा परिषद, नेपाल युवा परिषद बागमती प्रदेश, मास्टरपीस एन. वाई. सी नेपालको संयुक्त आयोजनमा बागमती प्रदेश स्तरीय दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” आगामी सेप्टेम्बर २७ र २८ मा भर्चुअल माध्यमबाट आयोजना हुदैछ ।
“उद्यमी युवा समृद्ध देश, दिगो बिकासको लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराकासाथ सुरु हुन लागेको सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाहरुबाट करिब २०० जना युवाहरुको सहभागिता रहनेछ । साथै उक्त सम्मेलन २ दिन सम्म भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
उक्त सम्मेलनमा ४ वटा विषयगत क्षेत्रहरु तय गरिएको छ जसमा “कोभिड १९ र युवाको भुमिका” भन्ने विषयमा विभिन्न वक्ताहरुले आफ्नो अनुभव साटासाट गर्नेछन भने “मेरो प्रश्न मेरो जनप्रतिनिधिलाई” भन्ने विषयमा बागमती प्रदेशका स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाबाट एक÷एक जना जनप्रतिनिधिले सहभागी युवाहरुसगँ अन्तरक्रिया गर्नेछन ।
त्यस्तै “निर्वाचनमा युवाको भुमिका” भन्ने विषयमा निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमालाले आफ्नो प्रस्तुतिका साथै सहभागि युवाहरुसगँ अन्तक्रिया गर्नुर्नेछन ।
“डिजिटल ट्रान्सर्फर्मेसन र युवा उद्यमशीलता” भन्ने विषयमा पनि विषयगत विज्ञता हासिल गरेका विभिन्न वक्ताहरु आफ्नो प्रस्तुती गर्नेछन ।
यस बाहेक विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो जिवन संघर्षका र सफलताका कथाहरु पनि सहभागीहरुसँग साटासाट गर्नेछन भन्ने कुराका जानकारी कार्यक्रम संयोजक तथा परिषदका केन्द्रिय उपाध्यक्ष शुदर्सन बिडारीले दिए ।
स्थापनाकालदेखी नै सधैं रचनात्मक कार्य गर्दै आइरहेको परिषदले यस वर्ष राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा सफलतापूर्बक सम्म्पन्न गरिसकेको छ भने ६ वटै प्रदेशमा प्रदेश युवा सम्मेलन २०२० सम्पन्न गरिसेकेको छ ।
साथै बागमती प्रदेश स्तरीय प्रदेश युवा सम्मेलन २०२० को तयारी तयारी अन्तिम चरणमा पुगिसकेको जानकारी कार्यक्रम संयोजक बिडारीले दिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष