तनहुँ । तनहुँको भानु नगरपालिका-३ स्थित तुर्लिङकोटमा एउटा चितुवा खोरमा परेको छ ।
उक्त खोरमा परेको चितुवालाई डिभिजन बन कार्यालय तनहुँको टोलिले नियन्त्रणमा लिएको छ । डिभिजन बन कार्यालय तनहुँले थापेको खोरमा परेको चितुवालाई शुक्रबार बिहान नियन्त्रण लिइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
३/५ दिन पहिले थापिएको खोरमा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बताए । फलामेखोरमा नै यसपाली चितुवा परेको काफ्लेले बताए ।
‘स्थानीयको कुखुराको खोरमा पसेर कुखुरा मार्न थालेपछि हामीले उक्त स्थानमा खोर राखेका थियौं’ प्रमुख काफ्लेले भने ‘सोही खोरमा चितुवा परेको रहेछ ।‘
शुक्रबार बिहान नियन्त्रणमा आएको चितुवा करिब ३/४ वर्षको पोथी रहेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । उक्त चितुवा शारीरिक रुपमा अशक्त रहेको प्रमुख काफ्लेले जानकारी दिए ।
स्थानीय सन्तबहादुर तामाङको कुखुराको खोरमा छिरेर गत साउन १८ र १९ गते खोरमा रहेको ४ सय भन्दाबढी कुखुरालाई आक्रमण गरेर घाइते बनाएको थियो ।
उक्त आक्रमणपछि तामाङले डिभिजन वन कार्यालय तनहुँमा क्षतिपूर्तिसहित चितुवा नियन्त्रणका लागि निवेदन दिएका थिए ।
अहिलेसम्म जिल्लाको भानु नगरपालिकामा ७ वटा, व्यास नगरपालिकामा एउटा, बन्दिपुर गाउँपालिकामा एउटा गरी ९ वटा चितुवा नियन्त्रणमा आइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै जिल्लामा पाँचवटा चितुवा मृत फेला परेका छन् l
भिडियो हेर्नुस :
https://www.youtube.com/watch?v=lCX4u-X551k
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा