गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ । पोखरामा थप १६ जनासँगै गण्डकी प्रदेशमा आज ४१ जना थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दोस्रो विज्ञप्तिमा कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखराको भाटभटेनीमा कार्यरत पोखरा १७ का २४ वर्षीय पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा २९ र ३० का ४९ र २१ वर्षीय पुरुष, पोखरा ३१ का १६ वर्षीय बालक, ४० वर्षीय पुरुष , १३ वर्षीया बालिका , २० वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी गोरखा ४ पालिकाका ७ महिला तथा ५ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यसअघि, बिहानै पोखरामा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी लमजुङ सुन्दरबजार ५ का ३० वर्षीय पुरुष तथा पोखरा ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
तनहुँका युवकको कोरोनाबाट मृत्यु
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । तनहुँका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले आज पुष्टि गरेको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउँसो करिव १ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उपचारका लागि भदौ २९ गते अस्पतालमा भर्ना भएका उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो