गण्डकी प्रदेशमा आज थप १८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ सय ९५ पुगेको छ । जसमध्ये ३३ जनाको मृत्यु भएको छ भने २६ सय ९७ जना निको भइसकेका छन् । १ हजार ६५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ४६७ जनाको पीसीआर टेस्ट गरिएकोमा १८ जनामा पोजिटिभ देखिएको हो।
चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ मा ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया महिला, वडा नं २ मा ४८ वर्षीया महिला र वडा नं १० मा २४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जा जिल्ला निवासी ६३ वर्षीय संक्रमित पुरुषको मनिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
चितवन मेडिकल कलेजमा परिक्षण गराएका सबैजना सोही अस्पतालको आईसोलेसनमा बसेका छन् ।स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत छन् ।अन्य सबै कन्ट्याक टेसिङबाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन गरिएको छ ।
सम्बन्धित खबर
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग