गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ९ सय ७५ पुगेको छ ।आज ६५ जना थप भएका छन् । पोखरामा २१ जनामा संक्रमण पुष्टि भएको छ भने माछापुच्छ्र्रे गाउँपालिकामा २ जनासँगै कास्कीमा २३ जना थपिएका छन् ।
पछिल्लो चौथो विज्ञप्ति अनुसार कास्कीका ७ सहित गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ४ जिल्लाका १७ पुरुष र ९ महिला गरि २६ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ५ की ३५ वर्षीया महिला, पोखरा ६ की ३५ वर्षीया महिला, पोखरा ८ का ६५ वर्षीय पुरुष, पोखरा ११ की २४ वर्षीया महिला, पोखरा २२ का २९ वर्षीय पुरुष तथा माछापुच्छ्रे गाउँपालिका ६ का ५७ वर्षीय पुरुष र ५२ वर्षीया महिला रहेका छन ।
त्यसै गरी वागलुङको वागलुङ नगरपालिका २ का २४ वर्षीय पुरुष र १० का ३४ वर्षीय पुरुष, वरेङ २ का २१ र ३४ वर्षीय पुरुष तथा ३ का २५ वर्षीय पुरुष र ५४ वर्षीया महिला, लमजुङ दुधपोखरी २ का १९ वर्षीय पुरुष, मध्येनेपाल ६ का २२ र ४९ वर्षीय पुरुष तथा १९, ३० र ३२ वर्षीया महिला, वेसीसहर ८ का २७ वर्षीय पुरुष तथा ७ का २१, २७ र ३२ वर्षीय पुरुष, म्याग्दीको मालिका ६ का २० वर्षीय पुरुष तथा अन्नपुर्ण ६ का १८ वर्षीय पुरुष र ४५ वर्षीया महिलामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा ५ सहित प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि
यसअघि तेस्रो विज्ञप्तिमा गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका र तनहुँ गरि दुई जिल्ला संक्रमित थपिएका छन् ।
बागलुङ काठेखोला वडा नम्बर ३ का १ पुरुष , ७ का २ पुरुष र ५ का १ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँ शुक्लागण्डकी वडा नम्बर ८ का २ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर ५ कि ५७ वर्षिया महिला रहेका छन् । तनहुँको एक संक्रमितको वडा खुलाइएको छैन ।

पोखराका १६ सहित प्रदेशमा थपिए १९ संक्रमित
यस्तै दोस्रो विज्ञप्ति अनसार पोखरामा महानगरपालिकामा १६ जना सहित गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर पालिका वडा नं ३ का ४८ वर्षीय पुरुष, वडा नं १७ का ४५ वर्षीय पुरुष, वडा नं २९ का २० र ४१ वर्षीय पुरुष, वडा नं ३० का २२ र ४१ वर्षीय पुरुष, वडा नं ३१ का ११, १४, १८, १९, २६, ३४ र ६० वर्षीया महिला तथा १९, २७ र २८ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाका २१, २२ र २८ वर्षीय पुरुष गरी गण्डकीमा १९ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहान ११ जनामा कोरोना संक्रमण
बिहानै गण्डकी प्रदेशमा बिहान ११ जना कोरोना संक्रमित थपिए । नवलपुरको देबचुली नगरपालिका–२ का ४३ वर्षीय पुरुष, नवलपुरको कावासोती–२ का ४२ वर्षीय पुरुष, वडा नं ३ का ३० वर्षीया महिला, वडा ८ का २७ वर्षीय पुरुष, वडा नं ९ का ३५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बागलुङ निसीखोला–३ का २६ र ३१ वर्षीय पुरुष, वडा नं ५ का २० वर्षीय पुरुष, बागलुङ गलकोट नगरपालिका–३ का २३ वर्षीया महिला र ३५ वर्षीय पुरुष तथा वडा नं ४ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’