तनहुँ र लमजुङ सिमाना रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।
पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको थियो । घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यतामा रहेका स्थानियबासी पुल निर्माण सुरु भएसँगै खुशी भएका छन् । उनीहरुले समयमै पुल निर्माण सम्पन्न हुने आशा राखेका छन् ।
चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाइ ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि पाँच करोड ३५ लाख २६ हजार २०० को स्टिमेट गरिएको थियो । पुल निर्माणका लागि वि.सं. २०७७ असार ७ गते सम्झौता भएको थियो । वि.सं. २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण हुने उक्त पुलको शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरे। मन्त्री बस्नतेले प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जोड दिएको बताउँदै गुणस्तरीय पुल निर्धारित समयमै सक्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।
गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले चुनावको बेला गरेको प्रतिबद्धताबमोजिम पक्की पुल निर्माण शुरु भएको बताउँदै स्थानीयवासीको वर्षौँदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।
कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलगायतले समयमै पुल निर्माण हुनुपर्नेमा जोड दिए ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिए ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण