तनहुँ । तनहुँमा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको व्यास नगरपालिकामा १४ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, देवघाट गाउँपालिकामा ३ जना, बन्दिपुर गाउँपालिकामा २ जना र आँबुखैरेनी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा १८ जना, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ८ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १ जनालाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालमा कार्यरत २६,२४ र ४७ वर्षीया ३ जना महिला र २८ र ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंबाट फर्केकी एक ल्याब टेक्निसियनमा संक्रमण भेटिएपछि अस्पताल नै बन्द गरेर ५० जनाको स्वाब संकलन गरिएकामा ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
अस्पतालले सबै स्वास्थ्यकर्मी तथा कर्मचारी कन्ट्याक्ट ट्रेसमा परेपछि आकस्मिकसहितका सबै सेवा बन्द गरेको थियो ।
त्यस्तै जिल्लाको व्यास नगरपालिका-११ की २६ वर्षीया महिला र व्यास-२ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी जिल्लाको देवघाट गाउँपालिका-२ का २३ वर्षीय पुरुष र देवघाट-४ का ८० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
जिल्लाको व्यास-१० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी तनहुँ व्यास यातायात प्रा.लि.मा कार्यरत रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमित पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि गएका थिए ।
त्यस्तै व्यास-१ का ३८ वर्षीय पुरुष, व्यास-९ का ३५ र ३६ वर्षीय पुरुष त्यस्तै ६५ वर्षीया महिला, व्यास-२ का ३४ र ३६ वर्षीय पुरुष, व्यास-११ की ३८ वर्षीया महिला, व्यास-५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै जिल्लाको आबुखैरेनी-६ का २४ वर्षीय पुरुष, बन्दिपुर-४ का ५७ वर्षीय पुरुष र बन्दिपुर-१ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै देवघाट-५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमौली अस्पतालका डाक्टर र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि
तनहुँको व्यास-३ स्थित दमौली अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका एक जना डाक्टर र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
व्यास-३ का ४६ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुवैको नतिजा पोजेटिभ आएको हो ।
डाक्टर पौडेल केही दिन अघि मात्र काठमाडौं गएर फर्किएका थिए ।
डा.पौडेल रिपोर्ट आउनु अघिसम्म पनि उनी बिरामीको स्वास्थ्य परीक्षणमै सहभागी रहेको पाइएको छ ।
अब अन्य अस्पतालको अन्य कर्मचारीको पनि पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ का १८ वर्षीय पुरुष र शुक्लागण्डकी-६ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।






सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ