गण्डक न्युज पोखरा, ४ फागुन / प्रदेश ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई बर्षमा बिद्युत र खानेपानी सेवा गाँउसम्म र्पुयाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ४ लाई उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत २ वर्ष भित्र सबै गाउँ, वस्तीमा विद्युत सेवा उपलब्ध गराउने र स्थानिय तहसंगको सहकार्यमा २ बर्ष भित्रमा प्रत्येक गाँउबस्तीमा पिउने पानीको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।
सरकारले ५ वर्षमा यो प्रदेशलाई उज्यालो बनाउने, ५ वर्षमा अन्तराष्टिय सम्मेलन केन्द्र बनाउने लगायतका निर्णय पनि गरेको छ । साथै, ५ बर्ष भित्रमा यस प्रदेशमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटु तथा मृर्गौला उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले बताए ।
पाँच बर्ष भित्र स्थानिय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरिय सडक सञ्जालले जोडिने, सरकारको कार्य सम्पादनलाई छिटो छरितो, चुस्त एंव जनता प्रति उत्तरदायि बनाउन बिद्युतिय सुशासनमा जोड दिने, अन्तराष्ट्रिय स्तरको बहुउपयोगी खेल मैदान आगामी ५ बर्षमा निमार्ण गरिने भएको मन्त्री बस्नेतले जनाए । प्रदेश ४ मा हाल ८५ प्रतिशत जनताले बिद्युुतको उपभोग गरेको भए पनि १५ प्रतिशत जनतालाई २ बर्ष भित्रमा बिद्युत सेवाको पहुच पुराउने उक्त बैठकले निर्णय गरेको छ ।
साथै मुख्य मन्त्रीको कार्यालयले आफ्नो वेबसाईट सेमत शुक्रबार नै सार्वजनिक गरेको छ । प्रदेशमा बोलिने सम्पुर्ण भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरिनुका साथै विभिन्न जनजातीहरुको पहिचान झल्कने गरि बहुसांस्कृतिक ग्राम स्थापना गरिने रहेका छन् ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु