पोखरा – गएराती पोखराको बुलौंदीस्थित सडक डिभाईडरमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।
हल्लनचोकबाट जिरोकिलोमिटर तर्फ जाँदै गरेको ग १६ प ५०६ नम्वरको मोटरसाइकल राती अन्दाजी १ :३० बजेको समयमा पोखरा महानगरपालिका -६ बुलौंदीस्थित डिभाईडरमा ठक्कर खाँदा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका ८ घर भइ हाल पोखरा -१५ नयाँगाउँ बस्दै आएका दिलिप गुरुङको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए ।
हमालका अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । टाउको र छातीमा गम्भीर चोटलागेका गुरुङलाई सोही स्थानमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईको कमाण्डमा खटिएको प्रहरीको टोलीले तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगेपनि उपचारका क्रममा राती २:३५ बजे उनको मृत्यु भएको थियो ।
गुरुङका आफन्तका अनुसार खाना खाइसकेपछी हावा खान भन्दै कोठाबाट निस्किएका उनी ट्याक्सीलाई ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा डिभाईडरमा ठोक्किन पुगेका हुन् ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा