प्रकाशचन्द्र सापकोटा पोखरा, ५ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा शनिवार वृहत सचेतना ¥याली निकालिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान–२०७४ अन्तर्गत लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना ¥याली निकालिएको हो। ¥यालीको पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरेका थिए।
¥याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहोरीया टोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, नदिपुर, क्याम्पस गेट, ट्याक्सीचोक हुदै पुन टुडिखेलमा आएर सभामा परिणत भएको थियो।
¥यालीमा कास्कीमा रहेका विभिन्न संघ संस्था, आमा समूह, क्लब, विद्यालय, भजन समूह लागयतले विभिन्न झाकी, प्ले कार्ड सहित वृहत सहभागिता जनाएका थिए।
¥यालीमा विभिन्न विधामा उत्कृत्ष्ट हुनेलाई पुरस्कृत पनि गरिएको थियो। विद्यालय तर्फ चिसा खेला वेद विद्याश्रम, संघ संस्था तर्फ मुक्तिनाथ विकास बैक, आमा समूह तथा क्लब तर्फ सिद्धार्थ आमा समूह सिम्पानी, भजन समूह तर्फ देविस्थान भजन समूह उत्कृष्ट भएका थिए। ती संस्थालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंह र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीले पुरस्कार वितरण गरेका थिए।
¥यालीलाई सफल बनाउनका लागि विद्यालयका शिक्षक विद्यार्थी, विभिन्न संघ संस्था, आमा समूह, क्लब टोल विकास संस्था, लागु औषध नियन्त्रण महाअभियान वडा स्तरिय समितिलाई आयोजक तर्फबाट धन्यवाद ज्ञपान गरिएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक सिंहले लागु औषध नियन्त्रण गर्नका लागि सवैको साथ र सहयोगको खाँचो रहेको बताए।
‘लागु औषध नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्रै संम्भव छैन’–सिंहले भने–‘नियन्त्रणमा सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं।’
लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले विविध सचेतना मूलक कार्यक्रम आयोजना गरेको जानकारी दिदै यस्ता खालका कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिने उल्लेख गरे।
कार्यक्रममा पृथ्वीनारयाण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. चन्द्रबहादुर थापा, वडा नं. १६ का वडा अध्यक्ष जीवन आचार्य ¥याली तथा झाँकी मूल्याड्ढन समितिका संयोजक तथा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका उपाध्यक्ष मनपति भण्डारीले बोलेका थिए।
कार्यक्रममा लोकदोहोरी गायक शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, माया गिरी, सरस्वती परियारको विशेष प्रस्तुति रहेको थियो। राष्ट्रिय उच्च माविकी छात्रा रितु केसीले सचेतना मुलक अभिनय गरेको कार्यक्रममा देविस्थान भजन समूह र कास्की जिल्ला शारिरिक सुगठनबाट पनि प्रस्तुति रहेको थियो।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा केन्द्रका सहसचवि वसन्त बास्तोलाले स्वागत र लोक दाहोरी गायक सुरेन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि मिति २०५९ सालमा स्थापना भइ विभिन्न सचेतना मूलक तथा समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ