प्रकाशचन्द्र सापकोटा पोखरा, ५ फागुन । पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियना वडा नं.२५ हेमजाको मसिना वगरमा सम्पन्न भएको छ।
अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सफथ खुवाएकी थिइन्
सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, मुक्तिनाथ विकास बैक, ओम डेभलपमेन्ट वैक, रेडियो हेमजा, अभियान क्लब महिला उपसमिति जिरो किमी, माछापुच्छ«े महिला क्लब पोखरा–७, हेमजामा रहेका विभिन्न संघ संस्था, समाजसेवी, जनप्रतिनिधिलागायत वडावासीले ऐक्यवद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए।
हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयम् सेवा भन्ने नारका साथ आयोजना गरिएको सरसफाइमा झण्डै पाँच टन फोहोर संकलन गरिएको अभियान्ता ममता सुनामले जानकारी दिइन्। कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा सदस्य जीतबहादुर कार्कीले धन्यवाद व्यक्त गरेका थिए। ९१ औ हप्ताको सरसफाइ अभियान याम्दी दोभानमा हुने पौडेलले जानकारी दिए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु