गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ४९८ पुगेको छ । पोखरामा २४ जनासहित गण्डकी प्रदेशमा आज मात्रै ९७ जना थपिएका छन् ।
पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत वृद्धको आज मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट आज बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको हो ।
असोज १३ गते कोरोना पुष्टि भएपछि केन्द्रको आइसियुमा भर्ना भएका थियो । मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १-१ जना छन् ।

गण्डकीमा बिहानै ९ कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा बिहानै थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४,४१० पुगेको छ ।

पोखराका ५ सहित गण्डकीमा ३७ संक्रमित थपिए
पोखरामा ५ सहित गण्डकी प्रदेशमा थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसा४ जिल्लाका ३७ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नं ४ का २६ वर्षीय पुरुष, ६ का २५ वर्षीय पुरुष, १० का ३७ वर्षीय पुरुष, १७ का ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा १ जना ब्यास नगरपालिका अन्तरगत वडा नम्बर २ का ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बाग्लुङका १२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गलकोट नगरपालिकाका हुन् ।
नवलपरासीका थप १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित कावासोती, विनयत्रिवेणी तथा देवचुलीका हुन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ४ हजार ४ सय ४७ पुगेको छ ।

कास्कीको पोखरा महानगरलालिका ३ सहित गण्डकी प्रदेशका चार जिल्लामा ३४ नयाँ कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ८ का ३९ र ६० वर्षीय पुरुष तथा ३८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
त्यसै गरी तनहुँ रिसिङ १ का ४४ वर्षीय पुरुष, गोरखा आरुघाट ४ का ६ वर्षीया वालिका देखि ४० वर्ष उमेर सुमहका ४ महिला र १६ देखि ६५ वर्ष उमेर सुमहका ४ जना पुरुष, भिमसेन थापा ३ का २६ वर्षीय पुरुष, नवलपुर कावासोतीका ७ वटा वडाका २२ देखि ५० वर्ष उमेर सुमहका ८ जना महिला तथा ५ वर्षका बालक देखि ७७ वर्ष उमेर समुहका १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको सँख्या ४ हजार ४ सय ८१ पुगेको छ ।

पोखरामा थप १६ जनालाई कोरोना पुष्टि, आजै थपिए २४ संक्रमित
पोखरामा थप १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य निर्देशनालयको चौथो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा १६ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ । पोखरामा बिहीवार थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नं २ का ३८ वर्षीय पुरुष, पोखरा वडा नं ४ का २६ वर्षीय पुरुष तथा २५ वर्षीया महिला , पोखरा वडा नं ५ का ४५ वर्षीय पुरुष, पोखरा वडा नं ६ का २५ र ४० वर्षीय पुरुष, पोखरा वडा नं ७ का ३८ वर्षीय पुरुष, पोखरा वडा नं ८ का ३४,३९, ४१ र ६० वर्षीय पुरुष तथा ३८ वर्षीया महिला, पोखरा वडा नं १० का ३७ वर्षीय पुरुष तथा ३० र ५८ वर्षीया महिला, पोखरा वडा नं ११ का ३८ वर्षीय पुरुष, पोखरा वडा नं १३ का ४६ वर्षीय पुरुष, पोखरा वडा नं १७ का ३८, ४० र ४३ वर्षीय पुरुष तथा २१ वर्षीया महिला, पोखरा वडा नं २५ का ५० वर्षीय पुरुष तथा ४३ वर्षीय महिला एवं पोखरा वडा नं २६ का २६ वर्षीय पुरुष रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ४ हजार ४ सय ९८ पुगेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान