जीपी कोइरालाको नर्स र कर्मचारीसहित तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

जीपी कोइरालाको नर्स र कर्मचारीसहित तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

Gp_koirala

तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रका ३ जना, ऋषिङ गाउँपालिकामा ३ जना र व्यास नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रका २७ वर्षीय पुरुष र २३, २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै ऋषिङ-२ का २० वर्षिय पुरुष र ऋषिङ-४ का २१ र ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै व्यास नगरपालिका-४ का ७२ वर्षीय वृद्ध पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

२३ वर्षीया महिला जिपी कोईराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स हुन ।

त्यस्तै २९ वर्षीय महिला र २७ वर्षीय पुरुष सोहि अस्पतालका प्रशासनमा कार्यरत कर्मचारी हुन ।

अन्य ३ जना संक्रमित भारत, कतार र साउदीबाट आएका हुन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ