गण्डकी प्रदेशमा आज मात्रै ७५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरामा २६ जना थपिएका छन् । फेवा सिटी अस्पतालमा उपचारका लागि आएका ६ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय ९२ पुगेको छ । तीमध्ये ३२ सय २७ जना निको भएका छन् । ४० संक्रमितको मृत्यु भएको छ ।
पोखरामा लगातार ३ दिन ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्ति पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिजो चरक मेमोरियल हस्पिटल र आज गण्डकी मेडिकल कलेजमा उपचाररत संक्रमितको ज्यान गएको हो ।
स्याङ्जा र नवलपुरका १र१ संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो ।
स्याङ्जाका संक्रमितको पोखरास्थित गण्डकी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाका मृतकमा मृगौला र मुटुको समस्यासँगै पिसाबमा पनि संक्रमण थियो ।
नवलपुरका संक्रमितको चितवनस्थित कलेज अफ मेडिकल साइन्समा उपचारकै क्रममा शुक्रबार दिउँसो ३ः५५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । नवलपुरका मृतकको भने एक्कासि मुटुले काम गर्न छोडेको र रक्तचाप कम हुँदा रगतमा संक्रमण बढेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
गण्डकीमा हालसम्म मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १, १ जना छन् ।

पोखरामा १० सहित प्रदेशभर थपिए ३१ संक्रमित
पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका ११, कास्कीका १०, तनहुँका ७, गोरखाका ३ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ३ ओम अस्पतालमा कार्यरत ३० वर्षीया स्टाफ नर्स, ८ का ३८ वर्षीय पुरुष, १२ का ४९ वर्षीय पुरुष, १७ का ३० वर्ष उमेर समुहका ३ जना पुरुष, ३३ का ४२ वर्षीय पुरुष र वडा नखुलेका ३१ र ५४ वर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् ।
त्यस्तै, तनहुँ व्यास ४ का ७२ वर्षीय पुरुष, तनहुँ रिसिङ २ का २० वर्षीय पुरुष र ४ का २१ र ३१ वर्षीय पुरुष, तनहुँ दुलेगौंडा जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा कार्यरत २३ वर्षीया स्टाफ नर्स र प्रशासनमा कार्यरत २७ वर्षीय पुरुष र २९ वर्षीया महिला, गोरखा भिमसेन थापा ६ का ३१ वर्षीय पुरुष र गण्डकी ४ का २३ र ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी, वागलुङ जिल्ला वागलुङ नगरपालिका १ का जन प्रतिनिधी समेत रहेका ३८ वर्षीय पुरुष र सोही वडाकी ३५ वर्षीय स्वास्थ्यकर्मी, ५ का ५५ वर्षीय पुरुष, ७ की ४६ वर्षीया महिला, ९ का २३ र ३० वर्षीय पुरुष, जैमिनी ५ का ३४ वर्षीय पुरुष, ७ की ३० वर्षीया महिला, १० का ४२ वर्षीय पुरुष, तारा खोला ३ का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिए
दोस्रो विज्ञप्ति अनुसार पोखराका ६ सहित गण्डकी प्रदेशमा ३१ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ६ जना, म्याग्दी र लमजुङका एक–एक जना तथा नवलपुर गैंडाकोटका २३ जना गरी थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा २ का ६२ वर्षीय पुरुष, ४ की २१ वर्षीया महिला, १४ का ७७ वर्षीय पुरुष, १५ का ५१ वर्षीय पुरुष, १९ का २३ र ४८ वर्षीय पुरुष, म्याग्दी वेनीकी ५४ वर्षीया महिला तथा लमजुङ सुन्दर वजार ९ का ४९ वर्षीय पुरुष रहेका छन ।
पोखराका १९ का २३ वर्षीय पुरुष बाहेकका ५ जना र म्याग्दीकी महिला फेवा सिटी अस्पतालमा उपचारका लागि आएका विरामीहरु रहेका निर्देशनालयले जनाएको छ ।
त्यस्तै, नवलपुर गैंडाकोटका ८ वटा वडाका २१ देखि ६५ वर्ष उमेर सुमहका १३ पुरुष तथा २० देखि ६७ उमेर समुहका २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरामा १० सहित १३ थप
आजको तेस्रो विज्ञप्ति अनुसार पोखराका १० सहित प्रदेशमा १३ थना थप भएका छन् । गोरखा, स्याङ्जा र पर्वतका १–१ जना रहेका छन् ।
पोखरामा थप हुनेहरुमा पोखरा १३ का १७ वर्षीया महिला, वडा नखुलेका ३१ वर्षीय पुरुष, वडा नं. २६ की २६ वर्षीया महिला, वडा नं. ७ का ३१ र ६० वर्षका पुरुष, वडा १ का ३७ वर्षीय पुरुष, १७ का ४२ वर्षीय पुरुष, वडा नखुलेका २९ र ३५ वर्षीया महिला, वडा १० का २४ वर्षीया महिला रहेका छन् ।
यस्तै, स्याङ्जा चापाकोट ८ का ५१ वर्षीय पुरुष, पर्वत कुश्मा १० का ३० वर्षीय पुरुष, गोरखा पालुङटार ७ की २५ वर्षीया महिला रहेका छन् ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?