तनहुँ । तनहुँको व्यास नगरपालिकामा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपनि तत्काल लकडाउन नहुने नगरपालिकाले जनाएको छ ।
सतर्कता नअप्नाए कोरोना संक्रमणको अवस्था दमौली र आसपासमा भयावह हुन सक्ने देखिएको व्यास नगरपालिकाले जारी गरेको विज्ञाप्तीमा जनाएको छ । तर तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको नगरपालिकाले जनाएको छ ।
मंगलबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नगरपालिकाले नेपालीहरुको महान पर्व दशैं, तिहार नजिकिदै गरेकाले तत्काल लकडाउनको परिकल्पना गर्न कठिन रहेको जनाएको छ । चाडबाडमा व्यापार, व्यवसाय संचालन हुने र मानिसहरुको आवतजावत हुने भएकाले पनि लकडाउन गर्न नसकिने नगरपालिकाले बताएको छ ।
नगरपालिकाले ठूला चाडवाडको अवस्था रहेको हुँदा परम्परागत मानिसहरु भेला भई पूजा, बली, प्रार्थना, भोजभेतर गर्ने अवस्थाबाट संक्रमण विस्तारित हुने भन्दै त्यस्ता कुनै कार्यक्रमहरु नगर्नु अनुरोध पनि गरेको छ ।
त्यस्तै कोरोना संक्रमणको अवस्था हेरेर कार्तिक १५ सम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । सो विज्ञप्तिमा यसका लागि विद्यालय व्यवस्थापन समितिमार्फत निर्णय लिन भनिएको छ । नगरपालिकाले जारी गरेको विज्ञप्तिमा घरबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र अनुरोध गरिएको छ ।
त्यस्तै संक्रमित भएका व्यक्तिहरुलाई घरमा होम आईसोलेसनको व्यवस्था नभएमा अस्पतालमा बस्न र नेगेटिभ रिपोर्ट नआउँदासम्म स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीलाई कुनै पनि प्रभाव वा दबाब नदिइकन बाहिर ननिस्कन आग्रह गरिएको छ ।
आज मात्रै व्यास नगरपालिकामा १६ जना कोरोना संक्रमित थपिएकाे छ । जसमध्य १५ जना नयाँ संक्रमित हुन भने एक जना पुराना संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला