लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसीयुमा उपचार गराइरहेका उनको मंगलबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा मृत्यु भएको हो ।
अस्पताल निर्देशक सह–प्राध्यापक डा. अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा असोज १८ गते कोभिड संक्रमण भई उपचार केन्द्रको आईसीयुमा भर्ना गरी उपचार गराइरहेका ती व्यक्तिको मृत्यु भएको उल्लेख छ ।
ती व्यक्तिमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग