गण्डक न्युज पोखरा, ६ फागुन / दाह्री पाल्ने र यसप्रति सौख हुनेहरु संगठित भएर सामाजिक सञ्जाल फेसबुकमा बनेको समूह ‘दाह्री ग्याङ’ को दोस्रो वार्षिकोत्सव पोलपोलमा डस्टबीन राखेर पोखराका मेम्बरहरुले मनाएका छन् ।
गत वर्ष जेठ अन्त्यतिर पोखरामा दाह्री सौखिन समूह एकीकृत भएपनि फेसबुकमा समूह बनेको मिति अनुसार सोमबार दाह्री ग्याङको स्थापना दिवस मनाइएको हो । काठमाण्डौं, पोखरा सहित समूह सक्रिय भएका ठाउँमा युवाहरुले विविध कार्यक्रमका साथ मनाएका छन् । पोखरामा स्थापित दिनको अवसरमा भने वर्षेनी रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ ।
पोखरामा आइतबार १० थान फलामे जालीवाला डस्टबीन पोल पोलमा टाँस गरिएको छ । पोखराका चोक चोकमा डस्टविन राख्ने काम सुरु भएको जनाउँदै दाह्री ग्याङ पोखराले यस कार्यलाई निरन्तरता दिने बताएको छ । अहिले न्यूरोड र सभागृहचोकमा डस्टबिन राखिएको हो ।

यसअघि विभिन्न संघसंस्थाले बाल्टिन जस्ता डस्टबीन राखेपनि त्यो टिकाउ हुन नसकेको जनाउँदै समूहले यसपटक टिकाउ हुने खालको डस्टबीन राखेको हो ।
‘हामीले चोक चोकका पोलहरुमा डस्टबीन राखेका छौं । सुन्दर शहरमा बस्ने नागरिकका पनि सुन्दर व्यवहार होला भन्ने आशा छ । यस कार्यलाई हामी निरन्तरता दिनेछौं ।’ दाह्री ग्याङ पोखरा संयोजक शेखर गौतमले भने ।

‘स्वच्छ सुन्दर हराभरा, सफा हाम्रो पोखरा’ नाराका साथ सुरु भएको यो अभियानमा फोहोर संकलनमा पोखरा लेखनाथ महानगरपालिकाको साथ रहने अपेक्षा समूहले गरेको छ । सदस्य विक्रम पाण्डेले अन्यथा डस्टबीन भरिएर पनि सरसफाई शाखाबाट फोहोर ननिकालेको खण्डमा मेम्बरहरु आफै उपस्थित भएर फोहोर फाल्ने बताए ।
समूहले रक्तदान तथा आकस्मिक रगत चाहिएको खण्डमा सहयोग, ह्वाईट बोर्ड वितरण, मृगौला लगायतका पीडितहरुलाई अर्थ संकलन अभियान, ट्राफिक सचेतना लगायतका कार्यक्रम गरिसकेको छ । पोखराका मेम्बरहरु स्थापनाकालीन समयदेखि नै सक्रियतापूर्व सामाजिक सेवामा समर्पित छन् । सोमबारको कार्यक्रमको सञ्चालन सदस्य महेन्द्र पहारीले गरेका थिए ।

सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए