पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले औपचारिक रुपमा पुष्टि गरेको छ ।
तनहुँका ३ जनाको ज्यान गएको पुष्टि गरेको छ । जिल्लाको भीमाद नगरपालिका ६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते ज्यान गएको हो । त्यस्तै, सोही स्थानका ७५ वर्षीय पुरुषको बि एण्ड बी हस्पिटल काठमाडौंका असोज २४ गते तथा ९८ वर्षीय पुरुषको मेडिसिटी अस्पताल काठमाडौंमा असोज २५ गते कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । उनीहरु एकै परिवारका हुन् । ९८ वर्षीय वृद्ध र उनका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।
आज बिहान पनि स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीय महिलाको ज्यान गएको छ । उनको आज बिहान ९ बजेर ३४ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । हिजो लमजुङको बेंसीसहर नगरपालिका २, घर भएका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा नै मृत्यु भयो । यससंगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५ पुगेको छ ।
कास्कीमा थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको पोखरा महानगरपालिकाकी ४१ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो । उनी पोखराको कति नम्बर वडाकी हुन् भन्ने खुलेको छैन ।
यस्तै माछापुच्छ्रे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमणन पुष्टि भएको छ । उनी सोही गाउँपालिका अन्तरगत वडा नम्बर २ की ५२ वर्षीय महिला हुन् । संक्रमित दुवै जना महिला पोखरामा रहेको फेवासिटी अस्पतालमा उपचारका लागि पुगेका थिए । आज बिहान पनि पोखरामा १ जनालाई संक्रमण पुष्टि भएको थियो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गोरखा नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन । पर्वतमा कुश्मा नगरपालिका वडा नम्बर १२ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ३१ पुगेको छ ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ