तनहुँ । तनहुँमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको भिमाद-६ का एकै परिवार ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गत असोज १९ गते तनहुँको भिमाद-६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, असोज २४ गते भिमाद-६ का ७५ बर्षीय पुरुष बि. एण्ड बि. अस्पताल काठमाडौँमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, असोज २५ गते भिमाद-६ का ९८ वर्षीय पुरुष मेडिसिटी अस्पताल काठमाडौँमा कोरोना कै कारण मृत्यु भएको हो । ९८ वर्षीय वृद्ध र उनका २ छोराको कोरोनाबाट मृत्यु भएको हो ।
मृत्यु हुने माइला छोरा र साइँला छोरा हुन् । बृद्धका कान्छा छोरामा १७ असोजमा कोरोना पुष्टि भएको थियो । अहिले उनी निको भएर घर फर्किएका छन् ।
संक्रमण पुष्टि भएकी माइलाकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् । यस्तै, जेठा छोरासमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन् । जेठा छोराकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमै रहेकी छन् ।
योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण