गण्डक न्युज पोखरा, ६ फागुन । आदर्श समाज दैनिकका सहायक सम्पादक प्रकाशचन्द्र सापकोटा पत्रिकाबाट बिदाइ भएका छन् । निरन्तर १३ वर्षसम्म पत्रिकाका विभिन्न पदमा रही कार्यरत हेमजा निवासी सापकोटा पछिल्लो समय सहायक सम्पादक पदमा कार्यरत थिए ।
न्यूरोडस्थित पत्रिकाको कार्यालयमा आइतबार भएको उनको बिदाइ समारोहमा सहकर्मी साथीहरुले मायाको चिनोसहित खादा लगाएर बिदाइ गरेका हुन् । एउटै सञ्चारमाध्यममा उनको निरन्तर समर्पण, इमान्दारिता, लगाव र मेहनतको सहकर्मी साथीहरुले मुक्तकण्ठले प्रशंसा गरे । उनले आप्mनो कार्यव्यस्तताको कारण देखाउँदै माघ १ देखि लागू हुने गरी कार्यालयमा राजीनामा बुझाएका थिए । रेडियो हेमजाका कार्यकारी निर्देशक समेत रहेका पत्रकार सापकोटा प्रेस युनियन कास्कीका सचिव समेत छन् ।
पत्रिकाका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले पत्रकार सापकोटाले पत्रिकालाई पु¥याएको योगदान सधैँ सम्झिरहने बताए । साथै उनले सापकोटाको आगामी दिन अझ सुखद् र सफल होस् भनी शुभकामना दिए । सम्पादक यज्ञप्रसाद बास्तोलाले आगमन सुखद हुने भए पनि बिदाइ दुःखद र नरमाइलो हुने बताउँदै सापकोटाको उज्ज्वल भविष्यको कामना गरे ।
कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै कार्यकारी सम्पादक नवीन सिग्देलले पत्रकार सापकोटा निर्भिक, इमान्दार र स्पष्ट रहेको बताए । पत्रकार सापकोटाले आफूलाई चिनाउनुमा आदर्श समाजको ठूलो योगदान रहेको उल्लेख गर्दै आफू जहाँ रहे पनि पत्रिकालाई माया गरिरहने बताए ।
कार्यक्रममा स्वागत वरिष्ठ संवाददाता भीमपाणि बरालले र सञ्चालन संवाददाता रञ्जन अधिकारीले गरेका थिए । कार्यक्रममा सहायक सम्पादक विजय नेपाल, संवादददाता प्रकाश ढकाल, नारायण शाही, श्रीभद्र पौडेल लगायतले उनलाई खादा लगाउँदै मायाको चिनो प्रदान गरी शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्