साझा पार्टी, गण्डकी प्रदेशले कास्कीको संयोजकमा एकराज न्यौपानेलाई चयन गरेको छ । पार्टीले जिल्लाका संस्थापक संयोजक अर्जुनप्रसाद खनाललाई केन्द्रिय सदस्यमा मनोनित गरेपछि रिक्त रहेको सो पदमा न्यौपानेलाई चयन गरिएको पार्टीले जनाएको छ । नवनियुक्त संयोजक न्यौपाने साझा पार्टी कास्कीका कार्यकारिणी सदस्यमा रहेर कार्यरत थिए ।
विगत एक वर्षदेखि साझा पार्टीमा आबद्ध भएका न्यौपाने साझा पार्टीमा जोडिए लगत्तै गत कास्की क्षेत्र नं. २ को उपनिर्वाचनका दौरान साझा पार्टीले उनलाई चुनावी फिल्ड सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो। सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष रहेर उल्लेखनीय सामाजिक कार्य गरेका न्यौपाने पोखराका पुराना पर्यटन व्यवसायीसमेत हुन्।
यसैबीच, साझा पार्टी गण्डकी प्रदेशले आफ्नो कार्यसमितिलाई बिस्तार गरेको छ। विस्तारित कार्यसमितिमा पार्टी विधानअनुसार पदेन सदस्यको रूपमा कास्की जिल्ला संयोजक न्यौपानेलाई आवद्ध गरिएको हो भने अन्य दुई सदस्यमा युवा नेता अशोक खड्का र राजन पन्थी छन्। पोखराका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेलेका खड्कालाई साझा पार्टी गण्डकीले प्रदेशको अभियान विभागको प्रमुखसमेत बनाएको छ। अर्का मनोनित सदस्य पन्थी साझा युवा संगठनको गण्डकी प्रदेशको संयोजक समेत हुन्। गण्डकी प्रदेशमा यी दुई युवाहरूको आबद्धताले युवा केन्द्रित अभियानलाई नयाँ उचाइ दिनेमा साझा पार्टी गण्डकी प्रदेश विश्वस्त रहेको प्रदेश संयोजक महेश भण्डारीले जनाए ।
सोमबार साँझ आयोजित पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश संयोजक महेश भण्डारी र कास्कीका संस्थापक संयोजक तथा नवमनोनीत केन्द्रीय सदस्य अर्जुनप्रसाद खनालले कास्की संयोजक न्यौपानेलाई माटोको टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै संयोजक न्यौपानेले कास्कीका ४ गाउँपालिका र प्रत्येक वडामा नेतृत्व तयार गर्ने योजना सुनाए। कार्यक्रममा गण्डकी प्रदेशको सिफारिसमा हालै पार्टीको केन्द्रीय कार्यसमितिमा आबद्ध भएका दीपक पौडेल, सरोज गौतमलगायतका नेताहरूलाई बधाई तथा शुभकामना दिइएको थियो। बडादशैँको अवसरमा आयोजित सो कार्यक्रममा केन्द्रीय सदस्य रजनी केसी, पोखरा महानगर संयोजक मनकाजी गुरुङ लगायतका नेताहरूले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो