पोखरा – सोमबार पोखराका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको बिहानको छैठौ विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ट्राफिक प्रहरी ५ जना, पोखरा -१३ का २ जना पुरुष र १ महिला, नेपाल प्रहरी वडा प्रहरी कार्यालय बगरमा कार्यरत ३१ जना प्रहरी, पोखरा -८ का ४ जना पुरुष, पोखरा -९ का ४ जना पुरुष र २ जना महिला, पोखरा -२६ का २ जना पुरुष र १ महिला, पोखरा – ११ का २ जना पुरुष, पोखरा -१७ का ८ जना पुरुष र १ महिला, पोखरा -५ का १ महिला र ३ जना पुरुष, पोखरा २७ का १ पुरुष, पोखरा -१० का ४ जना पुरुष र ३ जना महिला, पोखरा – ३२ का ५ जना पुरुष र १ महिला, पोखरा -७ का १ महिला र १ पुरुष, पोखरा -२० का १ पुरुष, पोखरा -१५ का ३ महिला र १ पुरुष, पोखरा -१४ का ३ जना पुरुष, पोखरा -१२ का २ महिला र १ पुरुष, पोखरा – १६ का १ महिला र १ पुरुष, पोखरा -६ का १ पुरुष र वडा नखुलेको ४ जना पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आज पुष्टि सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?