पोखरा – गण्डकीमा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा सोमबार जारी सातौँ विज्ञप्ति अनुसार तीनजनाको मृत्यु भएको छ भने, आठौँ विज्ञप्तिमा थप १ जनाको मृत्यु भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पुष्टि गरे ।
पोखरा महानगरपालिका वडा नं -१५ निवासी ७८ वर्षीया महिला गत कार्तिक ८ गते कोरोना पुष्टि भइ चरक मेमोरियल अस्पताल भर्ना भएकोमा उपचारका क्रममा ९ गते आइतबार राती ११:०० बजे मृत्यु भएको छ । भने, आठौँ विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -५ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।न्यूमोनिया र उच्च रक्तचापका बिरामी समेत रहेका उक्त पुरुष गत कार्तिक ६ गते कोरोना पुष्टि भइ स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारत रहेकोमा ९ गते राती ९:१० बजे मृत्यु भएको हो ।
यस्तै पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका -५ का ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उक्त पुरुषलाई गत कार्तिक ५ गते अस्पताल भर्ना गरिएकोमा कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै पूर्वी नवलपरासीकै कावासोती नगरपालिका -२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान २ :३० बजे मध्यविन्दु अस्पतालमा मृत्यु भएको छ । गत कार्तिक ३ गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका उनको उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
मृतक सबैको शव व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जानकारी दिएको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला