पोखरा – पछिल्लो अद्यावधिक विवरण अनुसार पोखराका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पाँचौं विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्र थप ५३ जनामा कोरोना पुष्टि भएको हो । आज नै यसअघिको पहिलो, दोस्रो र चौथो विज्ञप्तिमा पोखराका ६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यो संगै, पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरामा आज ११३ जनामा कोरोना पुष्टि भएको छ ।
लाईफ केयर डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -८ मा ६ जना पुरुष र ४ जना महिला , पोखरा -२७ मा २ जना, पोखरा -१७ मा २ जना, पोखरा -१६ मा २ जना, पोखरा -२० मा १ जना, पोखरा – ११ मा ५ जना, पोखरा – ४ मा ४ जना, पोखरा -२ मा १ जना, पोखरा -१४ मा ५ जना, पोखरा -५ मा ४ जना, पोखरा – ३ मा २ जना, पोखरा -६ मा ३ जना, पोखरा – १३ मा २ जना, पोखरा – १ मा १ जना, पोखरा -१८ मा १ जना, पोखरा -२६ मा २ जना, पोखरा -७ मा २ जना, पोखरा -१९ मा १ जना, पोकाहर -१० मा १ जना, र वडा नखुलेको २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसबाहेक प्रदेशका अन्य जिल्ला तनहुँको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा ४, स्याङ्गजाको पुतलीबजार नगरपालिकामा १, पर्वतको कुश्मा नगरपालिका ६ जना र लमजुङको मर्स्याङदी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७२२८ पुगेको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ