पोखरा – पोखरामा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी छैठौ र सातौँ विज्ञप्तिमा थप ३६ जनामा संक्रमण पुष्टि हुँदा आज मात्रै पोखराका १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि निर्देशनालयको पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैठौ र सातौँ विज्ञप्तिमा क्रमसः १, ५८, १, ६, ५३, १ र ३५ गरी जम्मा १५५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो तथा सातौँ विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाको वडा नं -१०, ५, १८, २, ११, ३, १५, ९, ८, २६, ६, ४, २५, १२, ३२, १३, ७, १४ र २ नं वडाका विभिन्न उमेर समुहका महिला पुरुष गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसबाहेक प्रदेशका थप जिल्ला बाग्लङमा १ म्याग्दीमा १, तनहुँमा २ र स्याङ्गजामा २ गरी सातौँ विज्ञप्तिमा जम्मा ४१ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै, गण्डकीमा हालसम्म कोरोना संक्रमितको कूल संख्या ७२८१ पुगेको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग